डोटीका ३० जनामा स्क्रबटाइफस « Khabarhub

डोटीका ३० जनामा स्क्रबटाइफस


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीका ३० जनामा स्क्रबटाइफसको संक्रमण देखिएको छ ।

जिल्ला अस्पतालमा एक महिनाको अवधिमा गरिएको परीक्षणका क्रममा ३० जना स्क्रबटाइफसका बिरामी फेला परेका हुन् ।

जिल्ला अस्पतालका अनुसार गत साउन २० गतेदेखि यही भदौ २० गतेसम्म गरिएको जाँचका क्रममा उक्त सङ्ख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका छन् ।

सङ्क्रमण देखिएका बिरामीमध्ये केहीमा जटिल समस्या देखिएका कारण आईसीयु आवश्यक पर्ने भएकाले जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा थप उपचारका लागि रेफर गरिएको जिल्ला अस्पतालका एमडिजिपि डा. प्रमोद भट्टले बताए ।

माइट नामक किराको टोकाइबाट स्क्रबटाइफसको सङ्क्रमण फैलिने र यो रोग रगतका माध्यमबाट शरीरका कलेजो, मस्तिष्क, फोक्सो तथा मिर्गौलालगायतका अङ्गमा प्रवेश गरी विभिन्न लक्षण देखापर्ने डा. भट्टले जानकारी दिए ।

यो रोगबाट बच्न सरसफाइमा विशेष जोड दिनुपर्ने र ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढदै गएपछि यसबाट बच्न सकिने उपायका बारेमा स्वास्थ्य कार्यालयमार्फत जनचेतना फैलाउने कार्य भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ७ : ५४ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा