बैतडीको निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो « Khabarhub

बैतडीको निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बाइएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको हो ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको आदेशमा अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको उल्लेख गरिएको छ ।

यस्तै सवारी साधनको हकमा जोरबिजोर प्रणाली अन्तरगत सञ्चालन गर्न दिने र निषेधाज्ञाको अनुगमन गर्ने निर्णयसमेत भएको प्रजिअ जोशीले बताए ।

उनले भने, ‘हामीले जनजीवनलाई केही सहज हुने गरेर निषेधाज्ञा खुकुलो पारेका छौँ । यसको अर्थ स्वास्थ्य सुरक्षा सतर्कता नपआउने भन्ने होइन । निषेधाज्ञा खुकुलो भए पनि पूर्णरूपमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गर्दछु ।’

सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्लामा सबै प्रकारका भेला, बैठक, सेमिनारमा भने यसअघिकै निर्णयानुसार रोक लगाइने जारी आदेशमा उल्लेख गरिएको छ ।

यसअघि भदौ ८ गतेदेखि भदौ १४ गतेसम्म पहिलो चरणको निषेधाज्ञा र १४ गतेदेखि भदौ २१ गतेसम्म दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको थियो ।

दुई हप्ताको निषेधाज्ञापछि सोमबारदेखि निषेधाज्ञा केही खुकुलो हुने भएको हो ।

बैतडीमा हालसम्म ३७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ३६० जना निको भएर घर गइसकेका छन् भने १५ जना विभिन्न स्थानीय तहका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ९ : ३७ बजे

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपाएर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज

भोजपुरमा माटोका ध्रुव राई बलियो, शेरधन निरन्तर पछाडि

काठमाडौं – भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले अग्रता कायमै