विश्वमा कोरोना : २ करोड ७२ लाख संक्रमित, ८ लाख ८७ हजारको मृत्यु | Khabarhub Khabarhub

विश्वमा कोरोना : २ करोड ७२ लाख संक्रमित, ८ लाख ८७ हजारको मृत्यु


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर २ करोड ७२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ५३३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७२ लाख ८३ हजार ३१८ पुगेको हो ।

यस्तै एकै दिन थप ४ हजार १२९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ८७ हजार ३०५ पुगेको छ ।

एकै दिन २ लाख ११ हजार २२७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९३ लाख ७३ हजार ७१४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७०.९९ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ हजार ९७८ जनाको मृत्यु भएको छ । ३७ लाख ९८ हजार ९२३ जना संक्रमित भएकोमा २१ लाख ६० हजार ८६४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८० हजार ६७६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७६ लाख ७१ हजार १४५ पुगेको छ । त्यसमध्ये ४५ लाख ५८ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५२ हजार १२१ जनाको मृत्यु भएको छ । ७७ लाख ५७ हजार ५१८ जना संक्रमित भएकोमा ६२ लाख ५२ हजार ६६५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १२ हजार ६१० जनाको मृत्यु भएको छ । ६७ लाख २६ हजार ८२३ जना संक्रमित भएकोमा ५३ लाख ३५ हजार ७४८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार ३५७ जनाको ज्यान गएको छ भने १३ लाख ५ हजार २५२ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ४० हजार ४५४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७९३ जनाको मृत्यु भएको छ । २९ हजार ३४३ जना संक्रमित भएकोमा २४ हजार ७४० जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ३० बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय