लाइन जजलाई बलले हानेपछि नोभाक जोकोविचलाई कारबाही, यूएस ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने « Khabarhub

लाइन जजलाई बलले हानेपछि नोभाक जोकोविचलाई कारबाही, यूएस ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने


२२ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सर्वियन टेनिस सुपरस्टार नोभाक जोकोविच कारबाहीमा परेर यूएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा उनले प्रहार गरेको बल लाइन जजलाई लागेपछि उनी अयोग्य घोषित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

३३ बर्षीय सर्वियन खेलाडी जोकोविचले सर्भिस गुमाएपछि रिसाएर प्रहार गरेको बल लाइन जजलाई लागेपछि उनलाई अयोग्य घोषित गरिएको हो ।

उक्त बल लागेर महिला लाइन जज कोर्टमा नै ढलेकी थिइन् । अयोग्य घोषित भएसँगै यस वर्षको यूएस ओपन प्रतियोगिताबाट उनको यात्रा समाप्त भएको छ ।

उक्त घटना हुनुअघिसम्म खेलमा जोकोभिच ६-५ ले अगाडि थिए । प्रतियोगितामा कारवाही स्वरुप अयोग्य घोषणा गरिएपछि उनले हासिल गरेका सबै अंकहरु काटिएका छन् । जसका कारण उनले पाउनु पर्ने रकममा समेत कटौती हुने भएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  १० : २८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको