बाबुराम भट्टराईलाई सूर्य थापाको प्रश्न- 'तपाईँ पूर्वप्रधानमन्त्री कि गाली शिरोमणि ?' | Khabarhub Khabarhub

बाबुराम भट्टराईलाई सूर्य थापाको प्रश्न- ‘तपाईँ पूर्वप्रधानमन्त्री कि गाली शिरोमणि ?’


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको चर्को आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले भट्टराईलाई ‘देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ?’ भनेर प्रश्न गरेका छन् ।

थापाले निर्वतमान अर्थमन्त्री युवराज खतिवडाबारे गरेको टिप्पणीको भाषा शैलीलाई भट्टराईको सामाजिक मर्यादा र शिष्टतामाथि प्रश्न उठाएका छन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएको पूर्वप्रधानमन्त्रीको एक लज्जास्पद टिप्पणी !’ भन्दै प्रश्न उठाएका छन् ।

‘डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ? यस ट्वीटमा प्रयोग गरेका केही भाषा, गालीगलौज र सन्तुलन गुमाएको जस्तो अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?’, थापाले भटटराईप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले विगत तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा.युवराज खतिवडाका राम्रा कामको पक्षपोषण महासयले कहिले गर्नुभएको थियो र अहिले उहाँ त्यस जिम्मेवारीबाट विदाइ हुँदा गोहीका आँसु झारेजस्तो गर्नु र रूवाबासीको नक्कली नाटक प्रदर्शन गर्नु ? भन्दै भट्टराईलाई जवाफ फर्काएका छन् ।

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर र सामुन्नेमा उभिएर यसो भन्न सक्नुहन्छ ? भन्दै चुनौतीसमेत दिएका छन्।

थापाले केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्ध गोलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं ‘फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै ?’ भने जवाफ माग गरेका छन् ।

विप्पा सम्झौता गरेर जुवा खेलें भन्ने आफ्नै कार्यशैली सम्झिन, न्यूयोर्क टाइम्सले २०७० सालमा ‘एसियाकै भ्रष्ट महिला’ भनेर विशेष खोज रिपोर्ट प्रकाशित गरेको समेत बिर्सनुभयो ? भन्दै उहाँसँग तपाईंको के सम्बन्ध ? भनेर थापाले सोधेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले युवराज खतिवडा अर्थमन्त्रीबाट बिदा भएपछि ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन ! न रुनु न हाँस्नु भन्दै ट्वीट गरेपछि थापा रूष्ट हुँदै उनको चर्को आलोचना गरेका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १० : ४७ बजे

छायांकन अगावै फिल्म ‘डीएन’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक

काठमाडौं– छायाङ्कन अघिनै फिल्म ‘डीएनए’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक गरिएको छ

अर्थमन्त्री पौडेल आज राति चीन जाँदै

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राति चीन प्रस्थान

हिजबुल्लाहका केन्द्रमा इजरायली आक्रमण, सयभन्दा बढीको मृत्यु

काठमाडौं– इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको

५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई

म्याग्दी– ५१औँ थाक खेलकुद प्रतियोगिताको उपाधि निर्मल स्पोटिङ लेते र