धनुषामा काठको विषयमा स्थानीय र प्रहरीबीच झडप, ५ जना घाइते « Khabarhub

धनुषामा काठको विषयमा स्थानीय र प्रहरीबीच झडप, ५ जना घाइते


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा –  धनुषाको बटेश्वर गाउँपालिकामा काठ ओसार्न लागेको समूह र प्रहरीबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।

आइतबार राति १२ बजेतिर काठ ओसार पसारको विषयमा झडप हुँदा दुई प्रहरी र तीन जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि पुगेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली र स्थानीयबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र कुमार मिश्रका अनुसार ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिनेक्रममा ६०/७० जना स्थानीयबासीसँग झडप भएको हो ।

ट्याक्टरमा लोड गरिएको सखुवाको ८ थान गोलिया काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  २ : १८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को