सीमित कम्पनीका लागि मात्रै खुलाइएको रेलमार्गको विवादित ठेक्का रद्द   « Khabarhub

सीमित कम्पनीका लागि मात्रै खुलाइएको रेलमार्गको विवादित ठेक्का रद्द  


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निश्चित कम्पनीलहरू मात्रै सहभागी हुन पाउँने तय गरेर लगाइएको पूर्व-पश्चिम रेलमार्गको ठेक्का रद्द गरिएको छ ।

काँकरभिट्टा-इनरुवा खण्ड निर्माणका लागि आह्वान गरिएको ठेक्कामा निश्चित कम्पनी मात्रै सहभागी हुन पाउने भएपछि अनियमितता भएको भन्दै चर्को विरोध भएको थियो ।

सर्वसाधारणस्तरबाट भएको विरोध र दबाबपछि रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द गरिएको  जानकारी दिएको हो ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ३२ अर्बको ठेक्का आह्वान गरेको थियो । जसमा १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ठेक्का आह्वान गरिएको थियो ।

जग्गा अधिग्रहण पनि नगरी रेलमार्गको ठेक्का लगाएपछि मुआब्जाको विषयलाई लिएर सर्वसाधारण पनि आन्दोलित हुँदै आएका थिए ।

 

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ९ : २४ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क