दरबार हाई स्कुलको भवन हस्तान्तरण | Khabarhub Khabarhub

दरबार हाई स्कुलको भवन हस्तान्तरण


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन सरकारको सहयोगमा पुनर्निर्माण भएको दरबार हाई स्कुलको भवन हस्तान्तरण गरिएको छ ।

गएकाे माघ महिनामै निर्माण सम्पन्न भएको यो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको हो ।

मंगलबार चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई विद्यालय भवनको साँचो हस्तान्तरण गरे ।

विद्यालय भवनमा भानु मावि र संस्कृत मावि सञ्चालित रहेकाले दुवै विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गरिएको छ ।

काठमाण्डाै महानगरपालिका–२७ रानीपोखरीको दक्षिणतर्फ साढे नाै रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो । भवनको ठेक्का चिनियाँ कम्पनी शङ्घाई कन्सट्रक्शनले लिएको थियो । ८५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको यो चार तले भवन ४० कक्षा कोठाको छ ।

दरबार हाई स्कुलको एउटै भवनमा साधारण धारतर्फ भानु मावि र संस्कृत धारतर्फ संस्कृत मावि सञ्चालित छन् । दुवै विद्यालय अलग–अलग व्यवस्थापनमा चलिरहेका छन् । दुवै विद्यालयमा गरी तीन सय ५० विद्यार्थी अध्ययनरत छन् भने ३५ जना शिक्षक कार्यरत छन् ।

भूकम्पले ध्वस्त बनेपछि प्रदर्शनीमार्गमा रहेकाे वाल्मीकि विद्यापीठको खाली स्थानमा अस्थायी कक्षा कोठा बनाएर पठनपाठन हुँदै आएको छ । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण सुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सकिएको भए पनि कोभिड–१९ का कारण हस्तान्तरण हुन नसकेको बताउनुभयो ।

विसं २०७२ मा गोरखाकाे बारपाक केन्द्रविन्दु भएर गएकाे भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको हाई स्कुलको पुनर्निर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा यो विद्यालय स्थापना गरिएको थियो ।

विसं १९६४ मा सर्वसाधारणका छोराछोरीलाई संस्कृत पढ्नका लागि खुला गरिएको यो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढाउने गरिएकाे थियाे । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति लागू भएपछि याे विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको बताइएको छ ।

सुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको छ । यसअघि लामो समय काठमाण्डाै महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै यस विद्यालयको पुनर्निर्माणको काम सुरु भएको थियो । निर्माणको समयमा भएको सम्झौताअनुरुप निर्माण कम्पनीले शिक्षक र विद्यार्थीको प्रयोगका लागि ७५ वटा कम्प्युटर पनि दिएको बताइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ७ : ३७ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको