लेखक तथा निर्देशक छेतेन गुरुङको निधन | Khabarhub Khabarhub

लेखक तथा निर्देशक छेतेन गुरुङको निधन


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । मंगलबार राति मेट्रो हस्पिटल महाराजगञ्जमा उनको निधन भएको हो ।

लिभरमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएका थिए । उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए । छेतनको बिहीबार अन्तेष्टि गरिने छ ।

‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्र लेखेका छेतनले ‘डम्बरुको डन्डिबियो’बाट निर्देशनमा हात हालेका थिए ।

उनको लेखन तथा निर्देशनमा रहेको चलचित्र ‘प्रेम गीत ३’ कोरोनाका कारण रिलिज हुन पाएको छैन । अहिले छेतन प्रेम गीत टिमसँगै मिलेर ‘हुतुतु’ नामक चलचित्र निर्देशनको तयारीमा थिए । हाल चलचित्रको स्कृप्ट काम भइरहेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १० : ५३ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष