तेजाब प्रहार कसूरसम्बन्धी ऐन ल्याउने तयारी, पीडितको उपचार निःशुल्क | Khabarhub Khabarhub

तेजाब प्रहार कसूरसम्बन्धी ऐन ल्याउने तयारी, पीडितको उपचार निःशुल्क


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधका कसुरमा कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री र पीडितसहित सहभागी विशेष कार्यक्रममा उनले त्यस्ता अपराधीको सम्पत्ति रोक्का गरी पीडितको उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने तथा तिनलाई छिटो अस्पताल पुर्‍याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने पनि जानकारी दिए ।

देशभरि तेजाब आक्रमणका घटनामा परेकामध्ये १२ पीडित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाइने तथा सरकारबाट पीडितको सम्पूर्ण खर्च बेहोरिने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत गरिने घोषणा गरे ।

पढ्न चाहनेका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने बताउँदै उनले उचित तालीम, रोजगारी, व्यवसाय र जीविकाका लागि सरकारले प्रबन्ध मिलाउने घोषणासमेत गरे ।

प्रधानमन्त्री ओलीले पीडितलाई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहन गरिने जनाउँदै हरेक वर्ष सेप्टेम्बर १० लाई तेजाब आक्रमणविरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न पनि आह्वान गरे ।

“सभ्य समाज निर्माण गर्न एसिड आक्रमणका कुनै घटना नै हुन नदिन तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्नेछ ”, उनले भने ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ५ : ३० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल वैशाख २५ गते बिहीबार। वैशाख

चेन्नईसँग पराजित भएसँगै कलकता आईपीएलको पहिलो चरणबाट बाहिरिने सम्भावना बढ्यो

काठमाडौं – गएराति चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै सविक विजेता

आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २५ गते बिहीबार। वैशाख

साम्बाको ह्याट्रिकमा गुइगाम्पा विजयी

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी

स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको रु १४