‘कोरोनामुक्त अभियानमा लागौँ’ « Khabarhub

‘कोरोनामुक्त अभियानमा लागौँ’


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण केही पनि होइन भनेर नबुझ्न आग्रह गरेको छ ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमणको जोखिम दिनानुदिन बढिरहेको अवस्थामा केही पनि होइन भन्ने खालका भ्रममा नपर्न आग्रह गरेका छन् ।

“कोभिड १९ केही पनि होइन भन्ने खालका भ्रम सिर्जना गर्ने, गलत तर्क जम्मा गर्ने र समाजलाई जोखिम तिर उन्मुख गराउन खालका व्यक्तिले यस रोगको रोकथाम र नियन्त्रणमा चुनौति खडा हुन जान्छ ”, उनले भने, “यस्तो खालका भनाइमा चनाखो भइ दिन हुन र आफ्नो टोल, छिमेकलाई सङ्क्रमण मुक्त बनाउने अभियानमा लाग्न अनुरोध छ । ”

आज उपत्यकामा ६९६ जनासहित देशभरि एक हजार ४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले कोभिड १९ रोगका नियन्त्रण र रोकथामका लागि अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड विरुद्ध नकारात्मक टिप्पणी तथा अभिव्यक्ति समेत कसैले पनि नदिन र सञ्चारमाध्यमले पनि त्यस किसिमका भ्रमहरु प्रचार प्रसार नगर्न अनुरोध गरे ।

प्रवक्ता डा गौतमले कोरोना रोकथाम र नियन्त्रण गर्न स्वास्थ्यकर्मी अहोरात्र खटिरहेकोले सबैलाई जनस्वास्थ्यका न्यूनतम मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरे ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : ५८ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का