विमान चार्टर गरी नेपालीलाई स्वदेश फिर्ता | Khabarhub Khabarhub

विमान चार्टर गरी नेपालीलाई स्वदेश फिर्ता


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभरि फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपालीलाई विमान चार्टर गरेर बिहीबार नेपाल ल्याएको छ । कम्पनी बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल फर्किने इच्छुक कामदारलाई स्वदेश फर्काइएको हो ।

राजदूतावासले बिदामा बहराइनबाट नेपाल आएपश्चात् फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक १४५ जना नेपालीलाई पहिलो पटक बहराइन फर्काएको राजदूत पदम सुन्दासले राससलाई जानकारी दिए । ‘हाम्रो साथ आमाको काख’ अभियानको सहयोगमा उनीहरु बहराइन फर्किएका हुन्।

बहराइनका लागि नेपाली राजदूतावासले गत हप्ता अन्तर्राष्ट्रिय उडान स्थगित भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक २७४ नेपालीको नामावली सार्वजनिक गरेको थियो । राजदूत सुन्दासले भने, “कोरोना शुरु भएपछि सानो लगानीका होटल, रेस्टुरेन्टहरु बन्द भए, करीब एक हजार ३०० नेपालीले रोजगारी गुमाएका छन्, हामीले समस्यामा परेकालाई अप्रिल महिनामै नेपाल जान चाहनेलाई पठाएका थियौँ ।”

छुट्टीमा नेपाल फर्किएका ९२७ जनामध्ये १४५ पुनः रोजगारीमै बहराइन फर्किएका छन् । नेपाल फर्किन चाहने ३०० नेपालीमध्ये गत बिहीबार १४६ फर्किएका हुन् । बाँकी नेपाल फर्किन इच्छुक र नेपालबाट पुनः रोजगारीमा बहराइन फर्किन इच्छुकलाई विमान चार्टर गरेरै नेपाल ल्याउने र बहराइन जान चाहनेलाई लैजाने योजना रहेको राजदूत सुन्दासको भनाइ छ ।

उनले भने, “अझै धेरै नेपाल जाने तयारीमा छन् । छिट्टै पठाउँछौँ । त्यहाँ कोही पनि नेपाली भोकै भएर दुःख पाएर बस्नु परेको छैन । दूतावासको सम्पर्कमा आएकालाई उद्धार राहत तथा खानबस्नको व्यवस्था गरेका छौँ ।”

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १ : १० बजे

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार

रास्वपा छोड्ने संकेत गर्दै तोसिमा कार्कीले भनिन् : आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि