चुनावलाई केन्द्रमा राखेर काम थाल्न अध्यक्ष थापाको आग्रह « Khabarhub

चुनावलाई केन्द्रमा राखेर काम थाल्न अध्यक्ष थापाको आग्रह


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् ।

काठमाडौँ उपत्यकामा रहेका केन्द्रीय सदस्यसँग छलफल र अन्तरक्रियामा थापाले आज केन्द्रीय कार्यालय धूम्रबाराहीमा बोलाएको अनौपचारिक बैठकमा अधिकांश केन्द्रीय सदस्यले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिएका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र, सनातन हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बद्र्धनवादको विचारलाई स्थापित गर्न सबैले आआफ्ना ठाउँबाट योगदान दिनुपर्ने बताए ।

अध्यक्ष थापाले सङ्गठन केन्द्रित भएर आगामी निर्वाचनलाई ध्यानमा राखी जिल्लाजिल्लामा साङ्गठनिक गतिविधि गर्न नेताहरुलाई आग्रह गरे ।

बैठकमा पार्टी नेता दीपक बोहोरा, बुद्धिमान तामाङ, राजीव पराजुली, राजेन्द्र लिङ्देन, निरञ्जन थापा, भाष्कर भद्रा, चन्द्रबहादुर गुरुङलगाय ७५ केन्द्रीय सदस्यको सहभागिता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ८ : ३६ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने