भारतबाट आयात रोकिँदा नेपाली बजारमा प्याजको मूल्य दोब्बर | Khabarhub Khabarhub

भारतबाट आयात रोकिँदा नेपाली बजारमा प्याजको मूल्य दोब्बर


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा प्याजको मूल्य एक सातामै दोब्बर भएको छ ।

भारत सरकारले निर्यात रोकेपछि बजारमा अभाव हुने आशंकाले व्यापारीले प्याज लुकाउने तथा उपभोक्ताले अनावश्यक सञ्चित गर्न थालेपछि प्याजको मूल्य आकाशिएको हो ।

एक साताअघि प्रतिकेजी ४० रुपैयाँ रहेको प्याजको मूल्य बढेर अहिले एक सय रुपैयाँसम्म पुगेको छ । बजारमा अहिले प्याजको अभावसमेत हुन थालेको पाइएको छ ।

भारतले प्याज निर्यात रोकेको भन्सार विभागले जानकारी दिएको छ ।

भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरू बताउँछन् । भारतबाट प्याज आउन छोडेपछि मूल्य बढ्न गएको व्यवसायीले जानकारी दिएका छ ।

यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो । उत्पादन कम भएपछि भारतले प्याज निर्यातमा रोक्ने गर्छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ७ : ३९ बजे

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना

सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ