असोजभित्र स्थिर ब्याजदर तोक्न राष्ट्र बैंकको निर्देशन « Khabarhub

असोजभित्र स्थिर ब्याजदर तोक्न राष्ट्र बैंकको निर्देशन


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- असोजभित्र स्थिर ब्याजदर तोक्न राष्ट्र बैंकले निर्देशन दिएको छ । घर, गाडीलगायत आवधिक प्रकृतिका कर्जामा बैंक तथा वित्तीय संस्थाले यही असोजभित्रै स्थिर ब्याजदर तोक्नुपर्ने भएको छ।

एकीकृत निर्देशिकाको व्यवस्था भन्दै पहिलो चरणका लागि स्थिर ब्याजदर निर्धारण तथा प्रसारण गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । यसअघिको निर्देशनकै आधारमा केही बैंक तथा वित्तीय संस्थाले स्थिर दर प्रकाशन गरिसकेका छन्।

‘कर्जा अवधिभर परिर्वतन नहुने गरी तोकिने स्थिर ब्याजदर पहिलो पटकमा लागि ०७७ असोज मसान्तभित्र निर्धारण तथा प्रकाशन गर्नुपर्ने बेहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,’ निर्देशनमा भनिएको छ।

भुक्तानी अवधि एक वर्षभन्दा बढी भएका व्यक्तिगत आवधिक कर्जा (घर, गाडीलगायत) मा बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदर लागू गर्नुपर्नेछ। अब त्यस्ता कर्जामा सुरुमा कर्जा लिँदा तय भएको ब्याजदरमा परिवर्तन गर्न पाइनेछैन।

‘एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नुपर्नेछ,’ निर्देशनमा उल्लेख छ, ‘यस प्रयोजनका लागि इजाजतपत्र प्राप्त संस्थाले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ।’

ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहे ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न पाउनेछन्।

यसरी तोकिएको स्थिर ब्याजदर बैंकले ६/६ महिनामा मात्र परिवर्तन गर्न प्रकाशित गर्नुपर्नेछ। यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका/हुने घर कर्जा, गाडी कर्जालगायत मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका/हुने एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुने राष्ट्र बैंकको निर्देशन छ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ५९ बजे

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ

पहिलोपटक आहा रारा पोखरा गोल्डकप फ्लडलाइटमा

पोखरा- पोखरा रंगशालामा पहिलोपटक फ्लडलाइटमा फुटबल खेलाइएको छ । मोफसलको