संविधान दिवसमा सहभागिता नजनाउने जनता समाजवादी पार्टीको निर्णय « Khabarhub

संविधान दिवसमा सहभागिता नजनाउने जनता समाजवादी पार्टीको निर्णय


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने जनाएको छ ।

जनता समाजवादी पार्टी नेपालले विज्ञप्तिमार्फत सरकारले घोषणा गरेको संविधान दिवसमा सहभागी नहुने जनाएको हो ।

आज बसेको जसपाको पदाधिकारी बैठकले संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने निर्णय गरेको पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए ।

संविधान दिवसमा भाग नलिने बरु त्यसको विरोध गर्ने जनाएको छ । संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरु परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोधका कार्यक्रम आयोजना गर्ने जसपाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संविधान संशोधनद्धारा यसलाई सच्याउनका लागि असोज ३ गते शान्तिपूर्ण विरोधका कार्यक्रम आयोजना गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : ५७ बजे

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना