चीनमा सिनेमा हल सञ्चालनलाई सहज बनाइँदै « Khabarhub

चीनमा सिनेमा हल सञ्चालनलाई सहज बनाइँदै


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ ।

यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल तथा अन्य नाटक प्रदशर्नीमा प्रतिबन्ध लगाएको थियो । तर चीनमा महामारी नियन्त्रणमा आएपछि गत महिनादेखि सिनेमा हल तथा नाटक प्रदर्शनलगायतमा सिमित दर्शक राखी सञ्चालन गर्ने अनुमति दिएको थियो ।

उक्त दायरालाई फराकिलो पार्दै छिट्टै प्रतिबन्धलाई थप खुकुलो बनाउने चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । आगामी दिनमा हलमा दर्शक सङ्ख्या ७५ प्रतिशत राख्न पाउने पनि मन्त्रालयले जनाएको छ ।

यसले थपे कि ठूला ठूला व्यवसायिक प्रदर्शनहरूका लागि अझै पनि स्थानीय महामारीको नियन्त्रण अवस्थाको आधारमा दर्शक सङ्ख्याहरूको उचित नियन्त्रण आवश्यक रहेको भन्दै यसका साथै स्थानीय अधिकारीको सहमतिले कम जोखिम भएका क्षेत्रहरूमा व्यवसायिक प्रदर्शनलाई अनुमति दिइनेछ । हलभन्दा बाहिर हुने प्रदर्शनका लागि स्थानीय सङ्क्रमण खतराको अवस्था हेरी क्रमशः प्रतिबन्धलाई खुकुलो पारिनेछ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ३१ बजे

रामप्रसादराई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने

प्रतिनिधिसभा निर्वाचन २६ दिन बाँकी : २४ उम्मेदवारले बुझाए स्पष्टीकरण

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २४ गते शनिबार फागुन