वरिष्ठ नेता पौडेलको प्रस्ताव : पुरानै प्रतिनिधि राखेर फागुनमै महाधिवशेन गरौँ « Khabarhub

वरिष्ठ नेता पौडेलको प्रस्ताव : पुरानै प्रतिनिधि राखेर फागुनमै महाधिवशेन गरौँ


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ औं महाधिवेशनकै प्रतिनिधि कायम गरेर १४ औँ महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन्।

सुदूरपश्‍चिम कांग्रेसका नेता कार्यकर्तासँगको भर्चुअल कार्यक्रममा भाग लिँदै वरिष्ठ नेता पौडेलले फागुन ७ मै महाधिवेशन गर्नका लागि १३ औं महाधिवेशनकै प्रतिनिधि कायम गरेर गर्न सकिने विकल्प अघि सारेका हुन्।

कांग्रेसको १४ औँ महाधिवेशन फागुन ७ गतेलाई तोकिएको छ। उनले फागुनमा महाधिवेशन नभए पार्टीमा सभापति शेरबहादुर देउवाको अराजकता बढ्ने पनि बताए।

‘फागुनमा महाधिवेशन गर्न १३ औँ महाधिवेशनकै प्रतिनिधिहरूलाई कायम राखौँ,’ पौडेलले भने, ‘यदि फागुनमा महाधिवेशन भएन भने पार्टीमा अराजकता बढ्छ। कसले कसलाई मान्‍ने को सभापति, को के, त्यसैले पार्टीको विधान र विधि बचाउन १३ औँ महाधिवेशनका प्रतिनिधि कायम राखौँ।’

पौडेलले सभापति देउवा महाधिवेशन समयमै नगराउने मनसायमा रहेको भन्दै विभाग गठन, क्रियाशील सदस्यता, नवीकरण गर्दा आफू बलियो हुने भन्‍ने दाउ मात्रै हेरेको बताए।

‘सभापतिज्यू फागुनमा कुनै हालतमा पनि महाधिवेशन गर्ने मनसायमा हुनुहुन्‍न। त्यसैले त अहिले विभाग गठन, क्रियाशील सदस्यता वितरण र नवीकरणमा बखेडा झिकिरहनु भएको छ,’ उनले भने, ‘उहाँ अहिले महाधिवेशन नगर्ने र आफू कसरी शक्तिशाली हुने दाउमा मात्रै हुनुहुन्छ।’

उनले पार्टीको भविष्य देउवाले अलमल पार्ने निश्चित भएपछि महासमितिको बैठकमै महाधिवेशनको कार्यतालिका ल्याउन प्रस्ताव गरेको दाबी गरे।

‘मेरो कुरालाई सभापतिज्यूले गम्भीर लिनु भएन। केन्द्रीय समितिमा नेताहरुले ध्यान दिएनन्’ उनले भने, ‘हाम्रै साथीहरुले पनि रामचन्द्र दाइ बुढो भएर जान्छ हाम्रो पालो आउँछ भन्‍ने खालको व्यवहार देखाए।’

पौडेलले सभापति देउवाकै कारण संसदमा प्रमुख प्रतिपक्षी दल कमजोर भएको बताउँदै त्यसले सरकार अराजकतातर्फ उन्मुख भएको जिकिर गरे।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  २ : ३१ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी