विश्वभर ३ करोड १२ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर ३ करोड १२ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ३ करोड १२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख २७ हजार ४८० पुगेको छ ।

यस्तै एकै दिन थप ३ हजार ८९१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६४ हजार ७६२ पुगेको छ ।

एकै दिन २ लाख ३९ हजार ७५२ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड २८ लाख १७ हजार ५४० पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत बढी हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १६ हजार १८६ जनाको मृत्यु भएको छ । ४४ लाख ३६ हजार ७०९ जना संक्रमित भएकोमा २३ लाख ८३ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९८ हजार ५३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८३ लाख ४८ हजार ३०८ पुगेको छ । त्यसमध्ये ५२ लाख ६६० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ७७ हजार १७३ जनाको मृत्यु भएको छ । ९४ लाख ६८ हजार ८१ जना संक्रमित भएकोमा ७७ लाख ६४ हजार ११८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३७ हजार ९६५ जनाको मृत्यु भएको छ । ७५ लाख २५ हजार ८८८ जना संक्रमित भएकोमा ६२ लाख ८३ हजार १३९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३४ हजार ८ जनाको ज्यान गएको छ भने १४ लाख १३ हजार ३८२ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ५८ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८८५ जनाको मृत्यु भएको छ । ३० हजार ५५९ जना संक्रमित भएकोमा २७ हजार ९३ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार