६ महिना पछि तुम्लिङटार विमानस्थल सञ्चालनमा « Khabarhub

६ महिना पछि तुम्लिङटार विमानस्थल सञ्चालनमा


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी – लकडाउनको झन्डै सात महिनापछि सङ्खुवासभाको तुम्लिङटार विमानस्थल सञ्चालनमा आएको छ ।

सोमबार बुद्ध र यति एयलाइन्सले तीन उडान गरेको छ । बुद्धले काठमाडौँ तुम्लिङटार, तुम्लिङटार विराटनगर र तुम्लिङटार काठमाडौँ उडान गरेको छ । त्यस्तै यतिले काठमाडौँ तुम्लिङटार काठमाडौँ एक एक उडान गरेको छ ।

स्वास्थ्य मापडण्डको पूर्ण पालना गरेर उडान शुरु गरिएको नागरिक उडड्यन कार्यालय तुम्लिङटारका प्रमुख केशव लम्सालले बताए ।लम्सालका अनुसार एयरपोर्टको १ नम्बर गेटबाट यात्रुबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ ।

यात्रु र विमानका कर्मचारीका लागि पञ्जा, स्यानीटाइजर, मास्क, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री अनिवार्य गरिएको छ । तीन फिट दूरी कायम गरेर विमानस्थलको चेकपोष्ट र यात्रु सहायता कक्ष निर्माण गरिएको छ । चैत ११ पछि तुम्लिङटार विमानस्थल बन्द थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : ०८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग