भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको मृत्यु « Khabarhub

भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको मृत्यु


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको मृत्यु भएको छ । उनी लामो समयदेखि बिरामी थिए ।

भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको हो । राजस्थानको बाडमेरका सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत उनको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन् । मोदीले ट्वीटमा भनेका छन्, ‘जसवन्त सिंहले हाम्रो राष्ट्रलाई पूरा लगनका साथ सेवा गरे, सुरुमा उनले सैनिकको रुपमा पछि राजनीतिसँग जोडिएर । अटलजीको सरकारमा असाध्यै महत्वपूर्ण विभाग सम्हाले र आर्थिक, रक्षा एवं विदेश मामिलामा संसारसामू एक बलियो छाप छोडे । उनको निधनले दुःखी छु ।’

त्यसपछि उनले अर्को ट्वीट गरे । उनले लेखे, ‘जसवन्त सिंहजीलाई उनको राजनीतिक र समाजिक मुद्दा मामिलामा अनौठो दृष्टिकोणका लागि स्मरण गरिनेछ । उनले बिजेपीलाई बलियो बनाउन योगदान गरे । उनको परिवार स समर्थकसँग मेरो समवेदना छ । ओम शान्ति ।’

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १० : ०१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु