पाकिस्तानमा बम विष्फोट, १६ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा बम विष्फोट, १६ जनाको मृत्यु


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–पाकिस्तानमा बम विष्फोट हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेट्टा शहरको बाहिरी क्षेत्रमा भएको विष्फोटमा अरु ३० जना घाइते भएका छन् ।

व्यस्त तरकारी बजारमा आलुको बोरामा लुकाएर राखिएको बम विष्फोट भएको बताइएको छ । विष्फोटमा ज्यान गुमाउनेमा अधिकांश अल्पसङ्ख्यक शिया सम्प्रदायका हजारा मुसलमान रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । यद्यपि पाकिस्तानमा तालिबान र इस्लामिक स्टेट आतंककारी समूहले बेला बेला अल्पसङ्ख्यक हजारा मुस्लिम समुदायलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १२ : ५४ बजे

गाजा र लेबनान युद्धविराम नहुँदासम्म वार्ता नगर्ने इरानको घोषणा

तेहरान – इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग

मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

तनहुँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको

वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम

कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन

काठमाडौँ । नेपाली कांग्रेस नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुल्ला

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान