उखु किसानले पाउने भए भुक्तानी « Khabarhub

उखु किसानले पाउने भए भुक्तानी


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्लाका उखु किसानले पाउनु पर्ने सरकारी अनुदानवापतको रकम जिल्लामा पठाइएको छ । सर्लाहीका उखु किसानका लागि रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

“उखु किसानका लागि सरकारले पठाउनु पर्ने रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको छ, अझै २.५ प्रतिशत बजेट कम निकासा हुन बाँकी छ”, कोलेनिका प्रमुख जगतप्रसाद थपलियाले बताए । गत आर्थिक वर्षमा किसानहरुले पाउनु पर्ने रकम कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्ष पठाएको हो ।

जिल्लाको सर्वेअनुसार उखु किसानका लागि रु २१ करोड ७९ लाख ३८ हजार ६५ निकासा हुनुपर्ने थियो । आव २०७७/७८ को बजेट वक्तव्यमा अर्थ मन्त्रालयले मुलुकभरका उखु किसानलाई दिनुपर्ने सरकारी अनुदानका लागि रु ९५ करोड छुट्टयाएको थियो ।

हाल सो रकम दामासाहीका हिसाबले जिल्लागत रुपमा निकासा गर्दा २.५ प्रतिशतले कमी रकम सर्लाही आएको हो । केही दिनभित्रै जिल्ला भुक्तानी समितिको बैठक बसेर किसानलाई भुक्तानी गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने कोलेनिका प्रमुख थपलियाले बताए ।

बजेट कम भएकाले एकसरो भ्याएजति किसानलाई भुक्तानी सक्ने र बाँकी किसानलाई बाँकी रकम निकासा भएपछि भुक्तानी गर्न सकिने गरी काम अगाडि बढाउने भन्नेबारेमा छलफल भइरहेको समितिका सदस्य­सचिव समेत रहेका कोलेनिका प्रमुख थपलियाले बताए ।

केही वर्षयता सरकारले प्रतिक्विन्टल उखुको मूल्य रु ५३६.५६ तोक्ने क्रममा उद्योगीले रु ४७१.२८ तथा सरकारले प्रतिक्विन्टल रु ६५.२८ अनुदानस्वरुप किसानलाई उपलब्ध गराएको छ ।

सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । तीनवटा चिनी उद्योग रहेको सर्लाहीमा २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको हरिवन­११ स्थित इन्दुशङ्कर चिनी उद्योग लिमिटेडका उखु प्रबन्धक योगनारायण रजकले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ७ : २३ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला