कोरोना सङ्क्रमित महिलाको मृत्यु « Khabarhub

कोरोना सङ्क्रमित महिलाको मृत्यु


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेमा कोरोना सङ्क्रणका कारण आज थप एक जनाको ज्यान गएको छ ।

जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रले नेपालगन्ज उपमहानगरपालिका—१ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि ती महिला यही असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको त्यसै दिन कोरोना परीक्षणका लागि स्वाव सङ्कलन गरिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोभिड आइसोलेसन वार्डमा सारिएको थियो ।

उनको उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको केन्द्रले जनाएको छ । योसँगै बाँकेमा कोरानाबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ९ : ०१ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी