गृहमन्त्री थापाको अभिव्यक्तिप्रति कलाकार ऋचा शर्माको आपत्ति | Khabarhub Khabarhub

गृहमन्त्री थापाको अभिव्यक्तिप्रति कलाकार ऋचा शर्माको आपत्ति


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार ऋचा शर्माले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् ।

गृहमन्त्री थापाले हालै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको’ बताएका थिए । थापाको यो अभिव्यक्तिलाई लिएर कलाकार शर्माले सामाजिक सञ्जालमार्फत असहमति प्रकट गरेकी हुन् ।

शर्माले बलात्कारको विषयमा विगतमा सांसद रामनारायण विडारी, पूर्व गृहमन्त्री वामदेव गौतम र अहिलेका गृहमन्त्री बादलले दिएको अभिव्यक्तिले चिन्तित बनाएको बताएकी छिन् ।

ऋचाले इतिहासमा यसबारेमा लेखाजोखा हुने पनि उल्लेख गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः

१. यस्तो बेला बलात्कार भैरहन्छ – भूकम्पपछि तत्कालीन गृहमन्त्री बामदेव गौतम

२. बलात्कार पुँजीवादीले गराएको हो –निर्मला हत्याकाण्डपछि गृहमन्त्री रामबहादुर थापा

३. बलात्कार भनिएको केसमा ९० प्रतिशत महिलाले इन्जोइ गर्छन् – रामनारायण बिडारी ।

४. दिनमा ७ जति मात्रै बलात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन – गृहमन्त्री रामबहादुर थापा ।’

याद राख्नुहोला यी नामहरू इतिहासमा लेखाजोखा हुनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १० : ०८ बजे

ट्रम्पले गभर्नरलाई दिए राजीनामा दिन निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको