प्रदेश ५ को राजधानी प्रस्ताव गरिएको क्षेत्रमा जग्गा किनबेचमा रोक « Khabarhub

प्रदेश ५ को राजधानी प्रस्ताव गरिएको क्षेत्रमा जग्गा किनबेचमा रोक


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश नम्बर ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेसँगै उक्त क्षेत्रको जग्गा किनबेचमा रोक लगाइएको छ ।

प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक सूचना जारी गर्दै दाङका २ र अर्घाखाँचीको एक क्षेत्रमा जग्गाको कारोबार गर्न रोक लगाएको हो ।

मन्त्रिपरिषदको कार्यालयले मालपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि सो क्षेत्रमा जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको जनाएको हो ।

सूचनामा राप्ती गाउँपालिकाका पूरै क्षेत्र, गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गा किनबेचमा रोक लगाइएको जनाइएको छ ।

दाङको भालुवाङ प्रदेश ५ को राजधानी बनाउने निर्णय भएसँगै जग्गाको अभाव नहोस् तथा अस्वभाविक कारोबार नहोस् भनेर यस्तो निर्णय गरिएको बताइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ९ : १६ बजे

दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर तेस्रो साता

काठमाडौं– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९

शिर निहुर्‍याएर विदेशिएका देउवा रुफटपमा फर्किए ! 

काठमाडौं– गत फागुन १३ गते गोप्य रूपमा उपचारका लागि सिंगापुरतिर

र्‍याडिसन होटलमा सरकारको स्टन्ट, विभागकै अधिकारी भन्छन्- ७० वटा सिलिण्डर चुल्होमै जोडिएका थिए

काठमाडौं– उद्योग मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले होटेल

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई