जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च « Khabarhub

जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जापानको बेरोजगारी दर तीन वर्ष  यताकै उच्च भएको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणमा अनेकाले प्रतिबन्ध लगाइए पछि अर्थतन्त्र कमजोर बन्दै जाँदा जापानमा बेरोजगार दर पनि बढेको हो ।

जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महिना बढेको छ ।

जुलाईमा बेरोजगार दर २.९ प्रतिशत रहेकोमा यो अगस्टमा तीन प्रतिशत पुगेको हो ।

तथ्याङ्क विभागका अनुसार सन् २०१७ को मे महिनाको तुलनामा जापानमा बेरोजगार दर ३.१ प्रतिशतले बढेको हो । गत वर्षभन्दा यो वर्ष जापानमा चार लाख ९० हजार बढी व्यक्ति बेरोजगार भएका छन् । समग्रमा २६ लाख व्यक्ति बेरोजगार बनेका छन् ।

जापानको श्रम मन्त्रालयका अनुसार अगस्टमा रोजगार उपलब्धता दरमा लगातार आठौँ महिना कमी देखिएको छ । जापानमा सन् २०१४ को जनवरीपछि पहिलो पटक यो रफ्तार आएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ६ : १५ बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि