जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च | Khabarhub Khabarhub

जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जापानको बेरोजगारी दर तीन वर्ष  यताकै उच्च भएको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणमा अनेकाले प्रतिबन्ध लगाइए पछि अर्थतन्त्र कमजोर बन्दै जाँदा जापानमा बेरोजगार दर पनि बढेको हो ।

जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महिना बढेको छ ।

जुलाईमा बेरोजगार दर २.९ प्रतिशत रहेकोमा यो अगस्टमा तीन प्रतिशत पुगेको हो ।

तथ्याङ्क विभागका अनुसार सन् २०१७ को मे महिनाको तुलनामा जापानमा बेरोजगार दर ३.१ प्रतिशतले बढेको हो । गत वर्षभन्दा यो वर्ष जापानमा चार लाख ९० हजार बढी व्यक्ति बेरोजगार भएका छन् । समग्रमा २६ लाख व्यक्ति बेरोजगार बनेका छन् ।

जापानको श्रम मन्त्रालयका अनुसार अगस्टमा रोजगार उपलब्धता दरमा लगातार आठौँ महिना कमी देखिएको छ । जापानमा सन् २०१४ को जनवरीपछि पहिलो पटक यो रफ्तार आएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ६ : १५ बजे

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न