कोरोना भाइरस : विश्वभर कुल संक्रमितको ७४ प्रतिशत निको | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर कुल संक्रमितको ७४ प्रतिशत निको


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर कोरोना भाइरसका कुल संक्रमितको ७४ प्रतिशत निको भएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित भएका ३ करोड ४८ लाख १७ हजार ८५२ मध्ये ७४ दशमलव ३५ प्रतिशत निको भएका हुन् । अर्थात् २ करोड ५८ लाख ८५ हजार ३७५ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख २३ हजारभन्दा बढी संक्रमण मुक्त भएका छन् भने ३ लाख १४ हजार बढी संक्रमित थपिएका छन् ।

यस्तै एकै दिन थप ५ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख ३२ हजार २६१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २४ हजार ४० जनाको मृत्यु भएको छ । ५१ लाख ९० हजार ३५९ जना संक्रमित भएकोमा २५ लाख ७९ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १३ हजार ८८६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ९० लाख १३ हजार ७७४ पुगेको छ । त्यसमध्ये ५८ लाख ३३ हजार २५९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ९८ हजार २७८ जनाको मृत्यु भएको छ । १ करोड ८ लाख ६७ हजार ४१३ जना संक्रमित भएकोमा ९१ लाख ३६ हजार २५६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ५८ हजार ८२३ जनाको मृत्यु भएको छ । ८१ लाख ८६ हजार ६७४ जना संक्रमित भएकोमा ७० लाख ३७ हजार ६५९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३६ हजार २८८ जनाको ज्यान गएको छ भने १५ लाख ५ हजार ९७६ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ४६ हजार १५८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९३१ जनाको मृत्यु भएको छ । ३१ हजार ४११ जना संक्रमित भएकोमा २८ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : १० बजे

बझाङ अपडेट : एमाले–१०५६८, कांग्रेस– १०४७०, अन्तर–९१

बझाङ– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको

लगानी सम्मेलनमा सरकारी हेल्चेक्य्राइँ : तयारी नगर्दा पौने दुई खर्बका परियोजनामा सम्झौता असम्भव

काठमाडौं – तेस्रो लगानी सम्मेलनमा लगानीकर्तालाई आश्वस्त पार्नेगरी सरकारले पूर्वतयारी

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका