कोरोना भाइरस : विश्वभर कुल संक्रमितको ७४ प्रतिशत निको « Khabarhub

कोरोना भाइरस : विश्वभर कुल संक्रमितको ७४ प्रतिशत निको


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर कोरोना भाइरसका कुल संक्रमितको ७४ प्रतिशत निको भएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित भएका ३ करोड ४८ लाख १७ हजार ८५२ मध्ये ७४ दशमलव ३५ प्रतिशत निको भएका हुन् । अर्थात् २ करोड ५८ लाख ८५ हजार ३७५ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख २३ हजारभन्दा बढी संक्रमण मुक्त भएका छन् भने ३ लाख १४ हजार बढी संक्रमित थपिएका छन् ।

यस्तै एकै दिन थप ५ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख ३२ हजार २६१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २४ हजार ४० जनाको मृत्यु भएको छ । ५१ लाख ९० हजार ३५९ जना संक्रमित भएकोमा २५ लाख ७९ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १३ हजार ८८६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ९० लाख १३ हजार ७७४ पुगेको छ । त्यसमध्ये ५८ लाख ३३ हजार २५९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ९८ हजार २७८ जनाको मृत्यु भएको छ । १ करोड ८ लाख ६७ हजार ४१३ जना संक्रमित भएकोमा ९१ लाख ३६ हजार २५६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ५८ हजार ८२३ जनाको मृत्यु भएको छ । ८१ लाख ८६ हजार ६७४ जना संक्रमित भएकोमा ७० लाख ३७ हजार ६५९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३६ हजार २८८ जनाको ज्यान गएको छ भने १५ लाख ५ हजार ९७६ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ४६ हजार १५८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९३१ जनाको मृत्यु भएको छ । ३१ हजार ४११ जना संक्रमित भएकोमा २८ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : १० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार