त्रिशूली नदीमा ट्रक खस्दा तीन जना घाइते | Khabarhub Khabarhub

त्रिशूली नदीमा ट्रक खस्दा तीन जना घाइते


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भैरहवाबाट काठमाडौँका लागि छुटेको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ ।

भैरहवाबाट सिमेन्ट लिएर छुटेको ना ५ ख ९६२२ नम्बरको इच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित एक मोडबाट साढे ४ बजेतिर त्रिशूली नदी किनारमा खस्दा तीन जना घाइते भएका छन्।

दुर्घटनामा ट्रक चालक धादिङ गल्छी गाउँपालिका- ७ का २७ वर्षीय रोहित तमाङ, सहचालक सोही ठाउँका १९ वर्षीय राजकुमार लोप्चन र धादिङ थाक्रेका २३ वर्षीय अर्जुन रुम्बा घाइते भएका छन् ।

उनीहरूमध्ये रूम्बाको अवस्थ गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको धादिङ मलेखुको हाइवे अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : २६ बजे

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद

हमास नेता सिनवरको शव पहिचान भएको इजरायको दाबी

काठमाडौं – इजरायली सेनाले गाजामा हमासका प्रमुख याया सिनवरको शव

बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमा निर्माण

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १४ बुइपामा किरातकालीन प्रथम

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा- रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नम्बर ३ रिमिघा