कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई भारतीय दूताबासले गर्‍यो एम्बुलेन्स सहयोग « Khabarhub

कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई भारतीय दूताबासले गर्‍यो एम्बुलेन्स सहयोग


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) जुम्लालाई  अत्याधुनिक एम्बुलेन्स उपलब्ध भएको छ ।

भारतीय राजदूतावासको सहयोगमा प्रतिष्ठानलाई एम्बुलेन्स प्राप्त भएको हो ।

कोरोना भाइरसको चपेटामा परेको कर्णालीका लागि भएको एम्बुलेन्स सहयोगले कर्णालीवासीको स्वास्थ्य सेवा प्रवाह सहज हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. मङ्गल रावलले जानकारी दिए ।

डा.रावलले भने, ‘दूतावासले यो वर्ष नेपाललाई तीनवटा अत्याधुनिक एम्बुलेन्स प्रदान गरेको छ । ती तीनै प्रकारका एम्बुलेन्स नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका छन् ।’

एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसीजी तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोरजी मोबाइल डिभाइस जडान गरिएको उनले जानकारी दिए ।

महात्मा गान्धीको १५१औँ जन्म जयन्तीमा यस वर्ष भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र छ बस प्रदान गरेको थियो ।

सन् १९९४ देखि हालसम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराएको जनाइएको छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : ५५ बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०