कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा « Khabarhub

कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागिरहेका बेला सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ ।

सुर्खेतको लेकबेँसी नगरपालिका–९ साटाखानीस्थित साना किसान कृषि सहकारी संस्थाले कोरोना प्रभावित शेयर सदस्यलाई आयआर्जन र उत्पादनमा जोड्ने उद्देश्यले ऋणको ब्याजमा भारी छुटको घोषणा गरेको हो ।

लकडाउन अवधिमा समेत कतिपय सहकारीहरुले ब्याजमा हर्जना असुलिरहेको गुनासो आइरहेका बेला उक्त सहकारीले भने विभिन्न क्षेत्रमा सहुलियतपूर्ण ऋणको ब्याजदरको कार्यक्रम अघि सारेको हो ।

सहकारीका प्रबन्धक हरिप्रसाद पौडेलले यो व्यवस्था आगामी कात्तिक १ गतेदेखि लागू हुने बताए। “कोरोना प्रभावितका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेर राहत प्याकेज ल्याएका हौँ”, उनले भने, “नयाँ उद्यम गर्न चाहनेलाई सस्तो ब्याजदरले राहत मिल्नेछ, निक्षेपतर्फ पनि ११ प्रतिशतसम्म ब्याजको व्यवस्था गरिएको छ ।”

सहकारीले यसअघि १५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्दै आएको थियो । प्रबन्धक पौडेलका अनुसार लघुकर्जामा ब्याज १३.५५ प्रतिशत, आकस्मिक ऋणको ब्याज १२ प्रतिशत, मासुजन्य–दूधजन्य–तरकारीजन्यमा नौ प्रतिशत, स्वालम्बन कर्जा ब्याज १० प्रतिशतमा दिने निर्णय भएको छ ।

साना किसान सहकारी संस्थाले नयाँ सहकारी ऐनअनुसार २०७७ असोज मसान्तसम्म एक स्थानीय तहमा एकै प्रकृतिको एउटा मात्र सहकारीमा आवद्ध हुनुपर्ने कानूनी प्रावधान भएकाले आफ्ना सेयर सदस्यहरुलाई कुनै एक सहकारी रोज्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १२ : ०१ बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०