सचिवालयका सदस्यमा कोरोना देखिएपछि प्रधानमन्त्रीले गरे सबै भेटघाट बन्द « Khabarhub

सचिवालयका सदस्यमा कोरोना देखिएपछि प्रधानमन्त्रीले गरे सबै भेटघाट बन्द


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले सबैखाले भेटघाट बन्द गरेका छन् । सचिवालयका सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि भेटघाट बन्द गरेका हुन् ।

शनिवार बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार स्वाब संकलन गरी शनिवार परीक्षण रिपोर्ट आउँदा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल , परराष्ट्र सल्लाहकार डा राजन भट्टराई , प्रेस सल्लाहकार सूर्य थापा , प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारी र फोटो पत्रकार राजन काफ्लेलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै भेटघाट बन्द गरेका हुन् ।

परीक्षणका क्रममा प्रधानमन्त्री निवास बालुवाटारका कार्यरत नेपाली सेनाका २८ , सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका २१ र राष्ट्रिय अनुसन्धान विभागका ३ जना सहित ७० सुरक्षाकर्मी कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।

प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, चालक धर्मराज पाण्डे, स्वकीय सचिव राजेश बज्राचार्य तथा दिपेन्द्र दाहालको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

बालुवाटारमा कार्यरत अझै ४५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : ०४ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड