८३ वर्षीय फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

८३ वर्षीय फरार प्रतिवादी पक्राउ


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका–७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ ।

उनीलाई विसं २०६४ पुस १३ गते अदालतले ११ महिना २० दिन कैद र रु ५० जरिवानाको फैसला गरेको थियो । उनी अदालतको फरार सूचीमा रहेका थिए ।

उनीसहित विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका आठ फरार प्रतिवादीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा कुटपिट मुद्दाका फरार जैमिनी नगरपालिका–१० का ५३ वर्षीय मनबहादुर श्रीस, सार्वजनिक अपराधमा सोही वडाका ३२ वर्षीय जनक श्रीस र २८ वर्षीय समिर श्रीस छन् ।

बागलुङ –९ का २६ वर्षीया किरण विक, वडा नं १० का विनोद शर्मा र बरेङ गाउँपालिका– १ का यमबहादुर थापा पनि सार्वजनिक मुद्दामै पक्राउ परेका हुन् ।

यस्तै गाली बेइज्जती मुद्दामा बरेङ–३ का ४० वर्षीया हीरा श्रीसलाई पक्राउ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए ।

फैसला कार्यान्वयनका लागि उनीहरुलाई आइतबार नै जिल्ला अदालतमा उपस्थित गराइएको उनको भनाइ छ ।

कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार चलान गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये न्यूनतम रु १०० देखि बढीमा सात हजारसम्म जरिवानाको सजाय पाएका छन् ।

कैद सजाय तोकिएकामा पाध्यासहित जैमिनी नगरपालिका–१० का श्रीस र बरेङ गाउँपालिका–१ का थापा छन् ।

श्रीसलाई विसं २०६७ जेठ २७ गते अदालतले दुई वर्षको कैद सजाय सुनाएको थियो । थापाको मुद्दामा अदालतले विसं २०७४ चैत १५ गते रु १०० जरिवानासहित रु ९०० जरिवाना तोकेको थियो ।

अदालतले कैद/जरिवाना तोकेपनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरिएको प्रनाउ रेग्मीले जानकारी दिए ।

प्रहरीले पछिल्लो समय ९२ फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ । पहिले धरौटीमा छुटेपनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादी सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेका छन् ।

त्रियासी वर्षीया प्रतिवादी पाध्याको उमेरका कारण ७५ प्रतिशत कैद स्वतः छुट हुने कानूनी व्यवस्था छ ।

एक वर्षभन्दा कम कैद सजाय तोकिएका प्रतिवादीलाई शुल्क तिराएर छोड्न सक्ने प्रावधान ल्याइएको भए पनि त्यो अदातलले निर्णय गर्ने विषय भएको जिप्रकाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

पाको उमेरको व्यक्ति भएका कारण पाध्यालाई कोरोनाका बेला धेरै दिन कारागार राख्न असजिलो हुने देखिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : १० बजे

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक भारतीयमार्फत् लिएका थिए १९ लाख घुस

काठमाडौं- नेपाल बैक लिमिटेड सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध

संघीय अस्पतालमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने मन्त्रालयको तयारी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार

रक्षा सहकार्य मजबुत बनाउन भारत र अष्ट्रेलिया प्रतिबद्ध

काठमाडौं– भारत र अष्ट्रेलियाले रक्षा सहकार्यलाई मजबुत बनाउँदै लैजाने प्रतिबद्धता

इजरायलद्वारा गाजामा सहायता प्रवाहमा अवरुद्ध

एजेनसी– इजरायलले सोमबार गाजाका लागि सहायता लिएर आएको डुङ्गालाई अवरुद्ध

सप्तकोशीमा ज्यान गुमाएका गोताखोरका बुवा भन्छन् : छोरोले एक दिनअघि घरखर्च सोधेको थियो …

सप्तकोशीमा ज्यान गुमाउनु एक दिनअघि सुरजले फोनमा बासँग भनेका थिए–