छानविन प्रतिवेदन : जहाज रोकिनु एटिसी र निगम दुवैको गल्ती « Khabarhub

छानविन प्रतिवेदन : जहाज रोकिनु एटिसी र निगम दुवैको गल्ती


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही चैत १९ गते राति युनाइटेड अरब इमिरेट्सको दुबई उड्न लागेको नेपाल वायु सेवा निगमको जहाज विमानस्थलमा रोकिएको घटनामा एयर ट्राफिक कन्ट्रोलर (एटिसी) र निगम दुवैको गल्ती भएको पाइएको छ ।

उक्त घटनाका सन्दर्भमा छानबिन गर्न गठित समितिले शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई बुझाएको प्रतिवेदनअनुसार एटिसीको अपरिपक्वता र निगम कर्मचारीको फितलो सञ्चारले चार मिनेट मात्र ढिला हुँदा पनि २७१ यात्रुले सास्ती पाएको उल्लेख छ । निगमको जहाज रोकिएको सम्बन्धमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारीसहित पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

घटना भएको रात ड्रागन एयर र निगमका दुई वाइडबडी जहाज उडान भर्ने क्रममा थिए । ड्रागन एयरको जहाज रनवेमा गइसकेकाले निगमको जहाज ट्याक्सी वेमै रहेको थियो । दुईवटा वाइडबडी एकै पटक रनवेमा लिन मिल्दैन । ड्रागनका कारण बोर्डिङ गरिसकेको निगमको जहाजलाई रनवेमा जान केही मिनेट ढिला हुँदा एटिसीमा रहेका कर्मचारीले मानवीय हिसाबले परिपक्व निर्णय गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । एटिसीले समय कटेकाले उडान अनुमति दिन नमिल्ने बताए पनि विमानस्थलमा भएका निगम कर्मचारीले उक्त कुराको खबर माथिल्लो निकायमा नगरी उडान रद्द गरेर गल्ती गरेको छानबिन समितिको ठहर छ ।

निगमको काठमाडौँबाट दुबईतर्फ जाने उडान नं एनए–२३१ को यही चैत १९ साँझ ९ः१५ मा तय भएको नियमित उडान निर्धारित समयमा उड्न नसकी रद्द भएकाले सो उडानमा भएको कमीकमजोरीको अध्ययन गरी प्रतिवेदन पेश गर्न (पर्यटन राज्यमन्त्रीस्तरीय मिति २०७५/१२/२० को ) निर्णयबाट छानबिन समिति बनाइएको थियो । उक्त घटनासँग सम्बन्धित विभिन्न निकायका ६ कर्मचारीलाई विभागीय कारवाहीका लागि समितिले किटानीसहित कारवाही सिफारिश गरेको छ ।

उडान रद्द हुनुमा विमानस्थलको टावरमा उक्त समयमा ड्युटीमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जिम्मेवार कर्मचारीले प्रभावकारी समन्वय नगरेकाले विभागीय कारवाही गर्न सिफारिश गरेको छ । त्यसैगरी, उक्त घटनामा यात्रुको उचित व्यवस्थापनमा तत्काल उपयुक्त कदम नचाल्ने निगमका विमानस्थलस्थित दुई पदाधिकारीलाई विभागीय कारवाही गर्न तथा समयमा जहाज समन्वयमा कमजोरी देखिएकाले निगमकै दुई कर्मचारीलाई कारवाही सिफारिश गरिएको छ । साथै अनुसन्धानका क्रममा फ्लाई दुबईको उडान–०९ अप्रिलको घटनाको सम्बन्धमा विस्तृत छानबिन गरी जिम्मेवार पदाधिकरीलाई कडा कारवाही गर्न समितिले प्राधिकरणलाई सिफारिश गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ८ : २५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको