काठमाडौँमा १ हजार १७८ सहित उपत्यकामा थपिए १ हजार ५३१ संक्रमित « Khabarhub

काठमाडौँमा १ हजार १७८ सहित उपत्यकामा थपिए १ हजार ५३१ संक्रमित


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्लामा १ हजार १७८ सहित काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ५३१ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४८४ महिला र ६९४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै भक्तपुरमा ४९ महिला र ५४ पुरुषसहित १०३ संक्रमित थपिएका छन् । अर्को जिल्ला ललितपुरमा ११४ महिला र १३६ पुरुषसहित २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएको जानकारी दिएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

त्यस्तै नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ ।

त्यस्तै एकैदिन १ हजार १३३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २०२ छ ।

अहिले नेपालमा २३ हजार ५०७ जनामा सक्रिय संक्रमण छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : ३८ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर