हङकङमा नेपाल एयरलाइन्सको उडान प्रतिबन्ध « Khabarhub

हङकङमा नेपाल एयरलाइन्सको उडान प्रतिबन्ध


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङले नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएको छ ।

द साउथ चाइना पोष्टका अनुसार नेपाल एयरलाइन्सबाट हङकङ गएका मध्ये ६ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि हङकङले दुई साता उडान हुन नदिने निर्णय गरेको हो ।

हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सन्स कम्युनिकेवल डिजिज् ब्रान्चका प्रमुख चुवाङ सुक–क्वानका अनुसार नेपाल एयरलाइन्सले लापरबाही गरेकाले अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाइएको हो।

हङकङमा सोमबार भेटिएका ११ जनामध्ये ६ जना नेपालबाट गएकासहित सात विदेशी थिए ।

हङकङमा संक्रमण पुष्टि भएका उनीहरू अक्टोबर ३ मा नेपाल एयरलाइन्सको फ्लाइट ‘आरए ४०९९’ बाट गएका थिए । ३० देखि ७२ वर्ष उमेरका उनीहरू चार महिला र दुई पुरूष हुन् ।

कोरोना महामारीकाबीच विभिन्न मुलुकहरूले कोरोना नेगेटिभ भएकाहरूलाई मात्र यात्रा गर्न दिदै आएका छन् । यात्राअघि पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ९ : २८ बजे

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज

कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीको