रिया चक्रवर्ती रिहा, मान्नुपर्नेछ यी शर्त | Khabarhub Khabarhub

रिया चक्रवर्ती रिहा, मान्नुपर्नेछ यी शर्त


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा चलेको ड्रग्स कनेक्सनको मुद्दामा तानिएकी रिया चक्रवर्तीलाई अदालतले रिहा गर्न आदेश दिएको छ ।

बुधवार अदालतले उनलाई बेल दिने फैसला गरेको हो । बम्बे हाइकोर्टले बुधवार रियालाई रिहा गर्न आदेश दिए पनि उनका भाइ सोविक चक्रवर्तीलाई भने हिरासतमै राख्न आदेश दिएको हो ।

रिया करीब एक महिना जेलमा रहिन् । अब भने उनलाई बाहिर आउन दिइएको छ । तर, रियाले केही शर्त भने पूरा गर्नुपर्नेछ ।

रियालाई एक लाख भारु जमानत दिन आदेश दिइएको छ । साथै उनी विदेश जान पनि पाउन छैनिन् । उनलाई मुम्बईबाट बाहिर जान परे पनि अनुमति लिनुपर्नेछ ।

उनी प्रहरी या एनसीबीले बोलाएमा तत्काल हाजिर हुनुपर्नेछ ।

बुधवार अदालतले सुनाएको फैसलामा रिया चक्रवर्ती, स्यामुअल मिरन्डा र दीपेश सावंतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

रिया चक्रवर्तीलाई एनसीबीले एनसीबीले ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १ : ०२ बजे

शीतल निवासबाट राष्ट्रपतिले भने- ६ महिनाभित्र चुनाव गरेर प्रतिनिधि सभा ल्याउनु पर्छ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न

दशैँको मुखैमा घट्यो अलैँचीको बजार मूल्य

झापा– नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । 

अझै आठ हजार ८१६ कैदीबन्दी फरार

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका

थला पर्‍यो यातायात विभाग : सेवाग्राही जलेको भवन हेर्छन्, निराश भएर फर्किन्छन्

काठमाडौँ– जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बानेश्वरस्थित

‘नेपालीबीच सद्भाव र एकता कायम गरौँ’

मोरङ‍– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनेपालीबीच सद्भाव र एकता