रिया चक्रवर्ती रिहा, मान्नुपर्नेछ यी शर्त « Khabarhub

रिया चक्रवर्ती रिहा, मान्नुपर्नेछ यी शर्त


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा चलेको ड्रग्स कनेक्सनको मुद्दामा तानिएकी रिया चक्रवर्तीलाई अदालतले रिहा गर्न आदेश दिएको छ ।

बुधवार अदालतले उनलाई बेल दिने फैसला गरेको हो । बम्बे हाइकोर्टले बुधवार रियालाई रिहा गर्न आदेश दिए पनि उनका भाइ सोविक चक्रवर्तीलाई भने हिरासतमै राख्न आदेश दिएको हो ।

रिया करीब एक महिना जेलमा रहिन् । अब भने उनलाई बाहिर आउन दिइएको छ । तर, रियाले केही शर्त भने पूरा गर्नुपर्नेछ ।

रियालाई एक लाख भारु जमानत दिन आदेश दिइएको छ । साथै उनी विदेश जान पनि पाउन छैनिन् । उनलाई मुम्बईबाट बाहिर जान परे पनि अनुमति लिनुपर्नेछ ।

उनी प्रहरी या एनसीबीले बोलाएमा तत्काल हाजिर हुनुपर्नेछ ।

बुधवार अदालतले सुनाएको फैसलामा रिया चक्रवर्ती, स्यामुअल मिरन्डा र दीपेश सावंतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

रिया चक्रवर्तीलाई एनसीबीले एनसीबीले ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १ : ०२ बजे

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्

दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम