भक्तपुरमा आईसीयू र भेन्टिलेटर खाली | Khabarhub Khabarhub

भक्तपुरमा आईसीयू र भेन्टिलेटर खाली


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव भएको बताइए पनि भक्तपुरमा भने पर्याप्त मात्रामा खाली रहेका छन् ।

जिल्लाका विभिन्न अस्पतालले व्यवस्था गरेका २० आईसीयू शय्यामध्ये आजसम्म १५ शय्या खाली छन् भने १२ वटा भेन्टिलेटर सबै खाली छन् । भक्तपुर अस्पतालमा पाँच, केएमसी अस्पताल दुवाकोटमा सात र नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा आठ शय्या आईसीयू कोभिड–१९को उपचारका लागि छुट्याइएको छ ।

तीमध्ये भक्तपुर अस्पतालका आईसीयू मात्र भरिएका छन् । यहाँ चार पुरुष र एक महिलाको आईसीयूमा उपचार भइरहेको छ । अन्य दुई अस्पतालमा आईसीयू पूर्णरुपमा खाली रहेका स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए ।

यस्तै भक्तपुरका विभिन्न अस्पतालका आइसोलेसन वार्डसमेत खाली रहेका छन् । जिल्लाको कोभिड अस्पतालका १५ मध्ये दुई आइसोलेसन वार्ड खाली छन् । यहाँ आठ पुरुष र पाँच महिला उपचार गराइरहेका छन् । मध्यपुर अस्पतालमा १० शय्या आइसोलेसन छन् । यहाँ दुई महिला उपचार गराइरहेका छन् । केएमसी अस्पतालका १०० शय्यामध्ये ८५ शय्या खाली छन् । यहाँ १० पुरुष र पाँच महिला उपचार गराइरहेका छन् ।

इवामुरा अस्पतालका चार, नागरिक अस्पतालका तीन, सिद्धि स्मृति अस्पतालको एक, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालका नौ, बीपी आँखा अस्पतालको एक, जनस्वास्थ्य केन्द्रका दुई, समिट अस्पतालका १०, आरोग्य अस्पतालको चार र क्यान्सर अस्पतालका छ आइसोलेसन वार्डसमेत खाली रहेका प्रमुख मिजारले जानकारी दिए ।

संस्थागत आइसोलेसन केन्द्रसमेत पर्याप्त मात्रामा खाली रहेका छन् । जिल्लामा सात संस्थागत आइसोलेसनमा ७०३ वार्ड छन् । तीमध्ये ३४४ मात्र उपयोग भएका छन् । नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्र खरिपाटी आइसोलेसन केन्द्रमा २०० वार्ड छन् । यहाँ ३६ पुरुष र छ महिला गरी ४२ जना उपचार गराइरहेका छन् ।

खानेपानी कार्यालयको तेलकोटस्थित तालीम केन्द्रमा २३ आइसोलेसन वार्ड सबै खाली छन् । कृषि विकास बैंकको तालीम केन्द्र बोडेको ५० आइसोलेसन वार्डमध्ये १२ वटा खाली छन् । यहाँ २७ पुरुष र ११ महिला गरी ३८ सङ्क्रमित उपचार गराइरहेका छन् । सैनिक विद्यालय सल्लाघारीका १५० आइसोलेसन वार्डमध्ये ४५ खाली छन् । यहाँ ८८ पुरुष र १७ महिला उपचार गराइरहेका छन् । सूर्यविनायक ब्यारेकका ७५ वार्डमा ५२ पुरुष उपचार गराइरहेका छन् भने २३ वटा खाली छन् ।

त्यस्तै सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १३० आइसोलेसन वार्ड छन् । यहाँ ७८ पुरुष उपचार गराइरहेका छन् । बाँकी ५२ वार्ड खाली छन् । भक्तपुर नगरपालिकाले हालै सञ्चालनमा ल्याएको ब्रम्हायणी आइसोलेसन केन्द्रका ७५ वार्डमध्ये ४६ खाली छन् । यहाँ १५ महिला र १४ पुरुषगरी २९ कोरोना सङ्क्रमित उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ५ : ३५ बजे

तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता

पाल्पा – पाल्पाको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता

दश करोड बढीका भन्सार छलीका सामान बरामद

झापा – झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको

दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला परे

दाङ – दाङका विभिन्न वन क्षेत्रमा सात वयस्क बाघ फेला

अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान

एजेन्सी – अमेरिकाको सान डिएगोमा बिहीबार एक विमान आवासीय क्षेत्रमा

ढोरपाटनका मेयर देवकुमार नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश

पोखरा – जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ