राज्यकोषको ६६ अर्ब डुब्ने अवस्थामा | Khabarhub Khabarhub

राज्यकोषको ६६ अर्ब डुब्ने अवस्थामा


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका विभिन्न निकायले गत तीन वर्षमा राज्यकोषबाट ६६ अर्ब रुपैयाँ अनियमित किसिमले खर्च गरेको पाइएको छ । त्यसरी खर्च भएको रकम असुल गर्न महालेखापरीक्षक कार्यालयले निर्देशन दिए पनि अधिकांश निकायले महालेखापरीक्षकको निर्देशलाई अटेर गर्दा सो रकम डुब्ने अवस्थामा पुगेको छ ।

आर्थिक वर्ष २०७२/७३ देखि आव २०७४/७५ सम्मको अवधिमा लेखा उत्तरदायी अधिकृतका रूपमा रहेका सरकारका उच्च प्रशासकले नै सो रकम उठाउन बेवास्ता गरेका हुन् । महालेखापरीक्षक टंकमणि शर्माले सरकारका जिम्मेवार निकायले छिटोभन्दा छिटो सो रकम उठाउन ताकेता गर्नुपर्ने बताए ।

‘सरकारी निकायले संवेदनशील भएर रकम उठाउनुपर्छ, जति ढिला भयो, उति रकम डुब्ने अवस्था रहन्छ,’ महालेखापरीक्षक शर्माले भने । अनियमित रूपमा खर्चने र उठाउन नसक्ने माथि कडा कारबाही हुनुपर्ने शर्माले बताए । महालेखापरीक्षक कार्यालयका अनुसार आव २०७४/७५ मा मात्रै अनियमित किसिमले ३२ अर्ब ३ करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । सोमध्ये ९ अर्ब ७० करोड रुपैयाँ मात्रै उठेको छ । बाँकी २३ अर्ब बढी रकम उठ्न नसकेको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको छ । यस्तै, आव २०७३/७४ मा १८ अर्ब ७० करोड ७९ लाख अनियमित रूपमा खर्च भएकामा १४ अर्ब ९ करोड रुपैयाँ मात्रै उठेको छ । राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ८ : ०४ बजे

धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

भोजपुर– १८७२ सालमा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालमा नेपालमै

कालीगण्डकी करिडोर : २३४ किलोमिटर कालोपत्र, ३६ वटा पुल निर्माण

बागलुङ– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा

क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्दै कतार

दोहा – कतारले क्यानडेली कम्पनी इभान्हो माइन्समा ५० करोड डलर

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

संविधान दिवसमा टेलिकमको अफरै अफर : कसरी लिने सुविधा ?

काठमाडौं – संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा