विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित | Khabarhub Khabarhub

विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सन् २०२२ मा हुने फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार राति भएको विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले बोलिभियामाथि २–१ को जित निकालेको हो ।

बोलिभियाको मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा  लाउटारो मार्टिनेज र जाओक्वीन कोरेर्राले समान एक–एक गोल गरे । बोलिभियाका लागि मार्सेलो मार्टिन्स मोरेनोले एक गोल गरे ।

खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको २४औं मिनेटमा मोरेनोले गोल गर्दै बोलिभियालाई अग्रता दिलाए ।

४५औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए । ७९औं मिनेटमा मार्टिनेजकै पासमा कोरेर्राले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ । यसअघि उसले इक्वाडरमाथि १–० गोलको जित निकाल्दै ३ अंक जोडेको थियो ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ५९ बजे

अपर डोल्पाबासीले पाउँदैनन् चार महिना स्वास्थ्य सेवा 

बेमौसममा परेको पानीले यसवर्ष देशभरी नै  समय अगावै चिसो सुरु

एक पाण्डव गोप्य राखेर फिल्म ‘पाँच पण्डव’को शुभमुहूर्त

काठमाडौं– दीपकराज गिरी र जितु नेपालको सहकार्य हुने भनेर चर्चा

भेडापालनमा भविष्य खोज्दै आस्मन

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन

पुनःनिर्माण कोषमा छ करोड २४ लाख संकलन

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी

यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई