ब्राजिलका लागि अन्तर्राष्ट्रिय गोलकर्तामा पेले पछि नेयमार « Khabarhub

ब्राजिलका लागि अन्तर्राष्ट्रिय गोलकर्तामा पेले पछि नेयमार


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व चर्चित फुटबलर नेयमार ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको दोस्रो स्थानमा उक्लिएका छन् । मंगलबार राति भएको २०२२ विश्वकप छनोट अन्तरगत पेरु विरुद्धको खेलमा ह्याट्रिक गरेका नेयमार दोस्रो स्थानमा उक्लिएका हुन् ।

ब्राजिलले पेरुलाई ४–२ गोलले हराएको खेलमा पेरिससेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारले ह्याट्रिक पुरा गर्दै अन्तर्राष्ट्रिय गोल संख्या ६४ पुर्याएका हुन् । यसअघि उनीभन्दा माथि रहेका रोनाल्डिन्होलाई पछि पार्दै माथि उक्लिएका हुन् ।

ब्राजिलका लेजेन्ड पेलेले आफ्नो करियरमा खेलेका ९२ खेलमा देशका लागि ७७ गोल गरेका थिए । तर, २८ वर्षिय नेयमारले १ सय ४ खेल खेल्दै गोल संख्या ६४ पुर्याएका छन् ।

सक्रिय खेलाडीका रुपमा सबैभन्दा बढी गोल गर्नेमा पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो छन् । उनले १०१ गोल गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : ०२ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको