काठमाडौँ- सामाजिक सञ्जाल फेसबुकमा खोलिएको ग्रुप ‘श्रीमती संगठन’ले झापाकी एक मिर्गौला पीडित बालिकालाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
झापाको दमक ९ की मिर्गौला रोगी निसा बिकलाई ग्रुपले ४१ हजार १६५ रूपैयाँ सहयोग गरेको हो ।
डेढ वर्षदेखि दुबै मिर्गौलामा समस्या भएर उपचाररत १२ वर्षीया निसालाई ग्रुपका तर्फबाट दमककै रेवता न्यौपाने र विष्णु भण्डारीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
दमकस्थित समता स्कूलमा कक्षा ५ मा अध्ययनरत निसाको दुबै मिर्गौलामा समस्या आएपछि अध्ययनसमेत प्रभावित हुँदै आएको छ । निसाका बुबा रेश बहादुर र आमा सुमित्रा मजदुरी गरेर जीविका चलाउँदै आएका छन् ।
विपन्न अवस्थाकी निसाको उपचारका लागि १० लाख रूपैयाँ लाग्ने परिवारजनले बताउँदै आएका छन् ।
निसाको उपचारमा ठूलो रकम आवश्यक पर्ने भए पनि ‘श्रमती संगठन’ ले थोरै रकम भए पनि केही सहयोग मिलोस् भनेर रकम संगठनकी सदस्य न्यौपानेले जानकारी दिइन् ।
प्रतिक्रिया