सुदूरपश्चिम प्रदेशसभाका सांसद भट्टलाई कोरोना संक्रमण « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाका सांसद भट्टलाई कोरोना संक्रमण


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । बैतडीबाट निर्वाचित सांसद भट्टलाई शनिबार कोभिड-१९ पोजिटिभ देखिएको हो ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा सांसद भट्टलाई कोरोना देखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन भुवनराज जोशीले बताए ।

एकहप्ताबाट होम आइसोलेसनमा रहेका सांसद भट्टले सामान्य रुघाखोकी लागेपछि शुक्रबार स्वाब परीक्षणका लागि दिएको बताए ।

उनले भने, ‘एकहप्ता अघि गाउँघरतिर पनि गएको हुँ । पाटन नगरपालिकामा पनि गइएको थियो । त्यहाँ केहि कर्मचारीहरुलाई पनि देखियो । अनि आइसोलेसनमै बसेको थिए । परीक्षण गर्दा रिर्पोट पोजिटिभ आयो । तर अवस्था समान्यनै छ । घरमै आइसोलेसनमा बसेको छु ।’

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ३ : ४५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका