ला लिगामा रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम « Khabarhub

ला लिगामा रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

शनिबार राति भएको खेलमा अल्फ्रेदो डि स्टेफानोमा काडिजसँग मड्रिड आफ्नै घरेलु मैदानमा १–०  ले पराजित भएको हो ।

काडिजको जितका लागि इन्थोनी लोजानोले निर्णायक गोल गरे । उनले अल्भारो नग्रेदोको पासमा गोल गर्दै नवौं मिनेटमै कार्डिजलाई अग्रता दिलाएका थिए।

काडिजले रियल मड्रिडविरुद्ध १९९१ पछि अवे मैदानमा पहिलो पटक जित निकालेको हो । रियलले काडिजविरुद्ध २१ खेलमा एक खेल मात्र हारेको थियो । घरेलु मैदानमा १२ खेलयता अपराजित रहेको मड्रिड पहिलो पटक पराजित भएको हो ।

हारका बाबजुद रियल अंक तालिकाको शीर्षस्थानमा छ । उसले पाँच खेलबाट १० अंक बनाएको छ। विजयी कार्डिज पनि ६ खेलबाट १० अंक बनाएर तेस्रो स्थानमा छ।

 

 

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ६ : ०० बजे

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा

‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालका सबै भूगोल,