बुन्डेसलिगामा बायर्न म्युनिखको सहज जित « Khabarhub

बुन्डेसलिगामा बायर्न म्युनिखको सहज जित


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले अर्मिनिया बिलेफेल्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र थोमस मुलरले २/२ गोल गरे । अर्मिनियाका रितुस डोनले एक गोल फर्काए ।

खेलको आठौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । २६औं मिनेटमा लेवान्डोस्कीले टिमको अग्रता २-० को बनाए ।

४५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न ३-० ले अघि रह्यो ।

५१औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ४-० को बनाए ।

खेलको ५८औं मिनेटमा रितुसले एक गोल फर्काए पनि घरेलु टिम ४-१ ले पराजित भयो ।

यस्तै खेलको ७६औं मिनेटमा कोर्टिन टोलिसोले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो ।

अर्मिनियाविरुद्ध सहज जितसँगै बायर्न तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बायर्नले ४ खेलमा ९ अंक जोडेको छ । अर्मिनिया ४ खेलमा ४ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ६ : ५० बजे

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङ– दाङमा पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ ।

दिक्तेल–रेग्मीटार सडक : घर्तीभीरको चट्टान फुटाउन सुरु

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग

महिला एसिया कप : नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा भारत

हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण

भोजपुर– डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका