म्यान्चेस्टर युनाइटेडको शानदार जित « Khabarhub

म्यान्चेस्टर युनाइटेडको शानदार जित


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले शानदार जित हात पारेको छ ।

शनिबार राति युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ४–१ को जित दर्ता गरेको हो ।

लुकी शाको आत्मघाति गोलसंगै न्युक्यासलले खेलमा अग्रता बनाएको थियो ।

युनाइटेडका कप्तान ह्यारी मागुइरीले गोल गर्दै २३औं मिनेटमा खेल बराबरीमा ल्याए ।

खेलको अन्तिम समयमा मार्कुस रासफोर्डले उत्कृष्ट प्रदर्शन गरेपछि  युनाइटेडले फराकिलो जित निकाल्यो ।

रासफोर्डले एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरेका थिए । खेल सकिन ४ मिनेट बाँकी छदाँ ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए ।

खेलको अन्तिम मिनेटमा विन विसाकाले रासफोर्डकै पासमा युनाइटेडलाई ३–१ ले अघि बढाए । इन्जुरी समयमा रासफोर्डलेनै गोल गर्दै युनाइटेडलाई ४–१ को शानदार जित दिलाए ।

अघिल्लो खेलमा टोटेनहमसंग ६–१ ले पराजित बनेपछि खेलमा फर्कन युनाइटेडलाई ठुलो जित आवश्यक देखिएको थियो ।

युनाइटेड लिगको सुरुवाती ४ खेलमा ६ अंक जोडेर १४औं स्थानमा छ । न्युक्यासल ५ खेलबाट ७ अंकसहित ११औं स्थानमा छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ११ बजे

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड