मोरङमा कात्तिक १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा « Khabarhub

मोरङमा कात्तिक १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना भाइरस (कोभिड१९ )को संक्रमणलाई मध्यनजर गरी दसैंलाई लक्षित गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

मोरङका जिल्ला प्रमुख कोशहरि निरौलाले एक सूचना जारी गर्दै कात्तिक ३ गतेबाट १५ गतेसम्मका लागि मठ मन्दिर तथा शक्तिपीठमा गरिने पूजाआजा, सामूहिक चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रम, सामूहिक शिलान्यास, उद्घाटन, सम्मेलन लगायतका कार्यमा रोक लगाएको जानकारी दिए ।

चाडपर्वका क्रममा जिल्लाभरका मठ मन्दिर, पण्डाल, गुम्बा, चर्च, मस्जिदमा दैनिक रुपमा नित्य पूजा, प्रार्थना बाहेक सामूहिक रुपमा पूजा प्रार्थना, भजन किर्तन, रथ तथा कलश यात्रा, बली पूजा, मूर्ति विर्सजन जस्ता कार्य गर्न नपाउने गरी निषेधाज्ञा लगाइएको छ ।

प्रशासनले उक्त आदेश उल्लंघन गर्ने वा आदेश पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेलाई कारबाही गरिने चेतावनी पनि दिएको छ।

यस्तो छ सूचना-

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : ३० बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर