सुनसरी र रूपन्देहीमा थप तीन संक्रमितको मृत्यु | Khabarhub Khabarhub

सुनसरी र रूपन्देहीमा थप तीन संक्रमितको मृत्यु


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरी र रूपन्देहीमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

सुनसरीको धरान–१८ का ७२ वर्षीय पुरुष र धरान–१७ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार अपराह्न मृत्यु भएको उनले जानकारी दिए ।

७२ वर्षीय पुरुषमा असोज २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ६८ वर्षीय पुरुषमा असोज २८ गते कोरोना पुष्टि भएको श्रेष्ठले बताए ।

यस्तै रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल–११ की ४४ वर्षीया महिलाको आज बिहान ५ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको रिपोर्ट पोजेटिभ आएपछि उनको भेन्टिलेरमा राखेर उपचार गरिएको थियो । ती महिलामा सुगरको पनि समस्या थियो ।

योसँगै कोरोना विशेष अस्पताल बुटवलमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको डा.गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : ४२ बजे

युरोपेली वस्तुहरूमा ५० प्रतिशत भन्सार कर लगाउने ट्रम्पको चेतावनी

ब्रसेल्स – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युरोपेली संघका सामानहरूमा ५०

भेडेटारको स्काइवाकमा वर्षा शिवाकोटी, भन्छिन्- डरसँगै खुसीको अनुभव भयो

भेडेटार(धनकुटा)– चर्चित नायिका वर्षा शिवाकोटी धनकुटाको भेडेटारमा रहेको स्काइवाकमा पुगेकी

काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र

दूध अभावले ‘चितवन मिल्क’ बन्द

चितवन – दुग्ध उत्पादक सहकारी संस्था र फर्महरुको दूध प्रशोधन