बाइडेन लकडाउन चाहन्छन्, म त्यस्तो हुन दिन्न : ट्रम्प | Khabarhub Khabarhub

बाइडेन लकडाउन चाहन्छन्, म त्यस्तो हुन दिन्न : ट्रम्प


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा लकडाउन गरेर अमेरिकीलाई डिप्रेशन हुन नदिने बताएका छन् ।

नभाडामा आइतबार भएको चुनावी सभामा राष्ट्रपति ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावमा आफ्ना डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा सुनेर लकडाउन चाहिरहेको बताए ।

ट्रम्पले भने, ‘जो बाइडेनले वैज्ञानिकको कुरा सुनेर कोरोना भाइरस सामु आत्मसमर्पण गर्छन् । उनी लकडाउन चाहन्छन् । यदी मैले वैज्ञानिकको कुरा सुनेर लकडाउन गरेको भए देश डिप्रेशनको ठूलो समस्यामा हुने थियो ।’

विज्ञहरुले भने पूर्ण रुपमा वैज्ञानिकको कुरा सुनेर सो अनुसार काम गरेको भए दशौँ हजार अमेरिकीको ज्यान बच्न सक्ने बताउँदै आएका छन् । तर, विज्ञहरूको आलोचना गरेका ट्रम्पका अधिकांश समर्थकले मास्कसमेत लगाएका थिएनन् ।

ट्रम्पले सोमबार नै ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका विज्ञ डा. एन्थोनी फाउचीको आलोचना गरे । फाउचीसहितका विज्ञ तथा वैज्ञानिकहरुलाई ‘इडियट’ सम्म भनेका छन् ।

ट्रम्प र डा. फाउचीबिच तनावपूर्ण सम्बन्ध रहेको विगतमा पनि सार्वजनिक भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ८४ लाखभन्दा बढी संक्रमित भएका छन् । कोरोनाकै कारण त्यहाँ २ लाख २५ हजारको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १० : ५९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर