स्वास्थ्यका लागि फलफूलका बोक्रा पनि उपयोगी « Khabarhub

स्वास्थ्यका लागि फलफूलका बोक्रा पनि उपयोगी


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः हामी फलफूल खाएर त्यसको बोक्रा फाल्ने गर्दछौँ । सामान्य रुपले बुझ्दा फलफूलको बोक्राको कुनै उपयोगीता हुदैन । तर यसरी फालिने फलफूलका बोक्राबाट हुने फाइदा बारे कतिपय हामी अनभिज्ञ छौँ ।

हामीले उपयोगहीन ठानेर फालेको बोक्रामा समेत धेरै प्रकारको पोषण र एन्टीओक्सिडेन्ट पाइन्छ । जसले हाम्रो स्वास्थ्य देखि सुन्दरता बढाउँनसम्म मद्दत गर्दछ । त्यसैले हामीले फाल्ने फलफूलका बोक्राहरुलाई सुकाएर वा पानीमा घोलेर विभिन्न प्रयोगमा ल्याउन सके यसले हामीलाई निकै लाभ पुर्याउँछ ।

कुन फलफूलको बोक्रा के मा उपयोगी ?
१. कागती
कागतीको बोक्रा र बेकिङ सोडा मिसाएर हातखुट्टामा दलेमा घामबाट डढेको वा छालाको कालोपन हटेर जान्छ ।
२. सुन्तला
सुकेको सुन्तलाको बोक्रा पिसेर त्यसमा दही मिसाएर बनेको लेप अनुहार लगाएर १५ मिनेटपछि धोएमा अनुहारमा चमक आउँछ ।
३. आलु
आलुको बोक्रालाई पिसेर छालामा दलेमा घामको कडा किरणबाट बचाउँने गर्दछ ।
४. केरा
केराको बोक्रालाई जुत्तामा घोट्नाले जुत्ता टल्कने गर्दछ ।
५. ओखर
ओखरको कडा बोक्रालाई पानीमा आधा घण्टा जति उमालेर त्यसको पेस्ट बनाएर कपालमा लगाउनले यसले कपाललाई प्राकृतिक कालो बनाउँन मद्दत गर्ने गर्दछ ।
६. अनार
अनारको बोक्रालाई सुकाएर पिस्ने, पिसेको बोक्रालाई पानीमा राखेर मनतातो बनाउने, त्यो मनतातो पानीले कुल्ला गर्नाले घाँटी दुख्ने समस्याबाट राहत मिल्ने गर्दछ ।
७. काँक्रा
काँक्राको बोक्रा तासेर त्यसलाई पिसेर लेप बनाई १० मिनेट जति आँखाको मुनी लगाएमा डार्क सर्कल हराएर जान्छ ।
८. लसुन
लसुनको बोक्रालाई पानीमा उमालेर त्यसलाई मनतातो बनाई कपाल नुहाउँदा कपाल बढ्ने गर्दछ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  २ : १४ बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल